असोज १० - ७ नं. प्रदेशको प्रादेशिक राजधानी दिपायल हुनुपर्छ भन्ने दवाव सहित प्रादेशिक फुटबल प्रतियोगिता २०७३ आज पनि जारी छ । आज ४ खेल वीच प्रतिष्प्रर्धा भएको छ। आज बिहान भएको खेलमा सेति सप्लायर्स ए सुजंग वोडिङ स्कुल वीच खेल भएको छ । खेलमा सेति सप्लायर्स ए ले ४- ० ले जित हात पारेको छ । त्यस्त्े आज भएको दोस्रो खेलमा जनचेतना विकास केन्द्र गोपघाट र सिर्जनशिल युवाकलव अत्तरीया वीच भएको थियो । जसमा सिर्जनशिल युवाक्लव अत्तरीयाले ९-० फराकिलो जित हात पारेको हो । त्यस्तै आजै भएको तेस्रो खेलमा नवीन फाउनडेसन र सिलास्थान वीच भएको खेलमा नवीन फाउन्डेसनले २-०ले जितेको छ । । त्यसै गरी आजै भएको अर्को खेलमा मिलन युवाक्लव डडेल्धुरा र सुदुरपश्चिम फुटवल एकेडेमी बीच खेल सम्पन्न भएको छ। सुदुरपश्चिम फुटवल एकेडेमिले ३-०ले जितेको छ ।