सभामुख घर्तीले मुख्य दलका शीर्ष नेतासँग छलफल आज छलफल गर्ने
काठमाण्डौ, असोज १०
सभामुख ओनसरी घर्तीले विभिन्न समिति गठन तथा सभापति चयनका विषयमा मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सोमबार बिहान ११ बजे मुख्य तीन दलका शीर्ष नेता र मुख्य सचेतकसँग गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल गर्नु लाग्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । महाअभियोग छनौट समिति, संविधान कार्यान्वयन तथा अनुगमन र निर्देशन समिति लगायत तीनवटा समिति गठन नै भएका छैनन् भने लेखा समिति र कृषी समिति सभापति बिहीन छन् । त्यस्तै सुनुवाई समितिमा एकजना सदस्य थप गर्नुपर्नेछ । लेखा समितिका सभापति जनार्दन शर्मा उर्जा मन्त्री र कृषि समितिका सभापति गगन थापा स्वास्थ्य मन्त्री बनेपछि दुवै समिति सभापति बिहीन भएका हुन् ।