• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

आज चवराचौतारा गाविस जिल्लाको ३१ औ पूर्ण खोपयुक्त घोषणा


त्रिवेणी समाचार डोटी,
असोज १० - डोटीको चवराचौतारा गाविसलाइ आज जिल्लाको ३१ औ पूर्ण खोप युक्त गाविस घोषण गरीएको छ। गाविसमा रहेका सबै बालबालिकाहरुलाई नेपाल सरकारद्वारा प्रदान गरिने सम्पूर्ण खोपहरु प्रदान गरिएसंगै पूर्ण खोपयूक्त घोषणा गरिएको हो । पूर्ण खोप युक्त घोषणा कार्यक्रममा सम्र्पूण गाविसबासीहरुले आफ्ना बालबालिकालाइ सम्पूर्ण खोप लगाउने प्रतिबद्धता गरेका छन ।  चवराचौतारा स्वास्थ्यचौकि दिलिप सिह बोगटीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रत्येक बालबालिकाले पूर्ण खोप पाउनु पर्ने बालबालिकाको नैसर्गिक अधिकार भएकाले त्यसको प्रत्याभूति गर्न जिल्ला स्वास्थ्य र मातहतका ईकाईहरु तल्लीन रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। जिल्लाका सबै गाविसलाई पूर्ण खोपयूक्त घोषाणा गर्ने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती संगै सम्मानपत्र पनि वितरण गरीएको छ। ‘पूर्ण खोप पाउनु बालबालिकाहरुकोे नैसर्गिक अधिकार हो , भन्ने मुल नाराका साथ जिल्लाका प्रत्येक गाविस पूर्ण खोप युक्त गाविस घोषणा हुदैछन । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि ,शिक्षक , विद्यार्थी , स्थानियको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार खेम बमले गर्नु भएको हो । पूर्ण खोपयुक्त घोषणा कार्यक्रमको रेडियो त्रिवेणी एफएमले प्रत्यक्ष प्रसारण गरेको छ। २०७३ असोस महिना भित्र डोटी जिल्लालाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यलयको लक्ष्य रहेको छ । सोहि लक्ष्य अनुसार जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका नगरपालिका तथा गाविसलाइ पूर्णखोपयुक्त गाविस घोषणा गरी रहेको बताएको छ ।
 




Posted on 2016-09-26





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal