• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

राजदूत नियुक्तीको सुनुवाइ असोज १२ गते हुने


काठमाण्डौ , असोज ६
भारत र चीनका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आगामी असोज १२ गते हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकले भारत र चीनमा प्रस्तावित राजदूतका सम्बन्धमा परेको उजुरी खोलेर आगामी असोज १२ गते सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध तीनवटा उजुरी परेका छन् ।
चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्यालको सम्पति विवरण माग गरिएको छ  । उजुरी कर्ताले नौकरीमा प्रवेश गर्दाको  र हालको सम्पति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । समितिले उजुरी आज समितिका सदस्यहरुलाई वितरण गरेको छ । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । भारतका लागि पूर्वनेपाली राजदूत समेत रहेका उपाध्यायलाइ एमाले अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।
सरकारले गत भदौ १६ गते भारतका लागि उपाध्याय र चीनका लागि पूर्वमुख्य सचिव लीलामणि पौड्यालको नाम राजदूतका लागि सिफारिस गरेको थियो ।  सुनुवाइपछि संसदीय समितिले नाम अनुमोदन गरेमा एग्रिमोका लागि नाम पठाइनेछ । र, राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।
यसैबीच, समितिको बैठकले न्याय परिषद्को सदस्यमा प्रस्तावित रामप्रसाद सिटौलाविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सिटौलाविरुद्ध उजुरी गर्न १० दिनको समय दिइएको छ । नेपाल बार एशोसियसनले वरिष्ठ अधिवक्ता सिटौलालाई गत भदौ २६ गते न्याय परिषद्को सदस्यमा सिफारिस गरेको थियो ।




Posted on 2016-09-22





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal