हुलाकीमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने भारतको प्रस्ताव
३० भदौ, काठमाडौं ।
भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ । भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो । काठमाडौंस्थित भारतीय राजदूतावासले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत यस्तो प्रस्ताव गरेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।‘भारतले करिब १ अर्ब रुपैयषँ लागत अनुमान रहेको फाइबर विछ्याइदिने प्रस्ताव गरेको छ’ उनले भने । तर उक्त रकम अनुदान वा ऋण के हो भन्नेचाहि निर्क्योल भइनसकेको उनले जानकारी दिए ।