• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

आज निजामती सेवा दिवस


त्रिवेणी समाचार
साउन २२
यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । सुवेदी अहिले अर्थ सचिवमा सरुवा भएका हुन् ।
मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।
यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा सुदुरपश्चिमबाट कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ हुनुहुन्छ । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।
यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी गराउनुभयो । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । तीनवटै पुरस्कार आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी गराउनुभयो । 
यसैगरी ‘सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा  नाम घोषणा गरिनेछ । उपसचिव खनालका अनुसार अवकास प्राप्त ५० जनालाई दिइने  यो सम्मान पछि मन्त्रालयमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । बुधबार १३ औं निजामती सेवा दिवस मनाइँदै छ ।
 




Posted on 2016-09-07





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal