स्थानिय निकायको पुनर्संरचनाको बारे कांग्रेसले धारणा तय गर्दै ।।
कठमाण्डौ , भाद्र ६
नेपाली कांग्रेसले स्थानिय निकाय पुनर्संरचनाका विषयमा आज आधिकारीक धारणा तय गर्ने भएको छ । जिल्ला सभापतिहरुको भेलाबाट कांग्रेसले आज स्थानिय निकायको संख्याका विषयमा धारणा तय गर्नेछ । हिजोदखि सुरु भएको भेलामा आज धारणा राख्ने क्रमसकिएपछि त्यसको निस्कर्षका आधारमा कांग्रेसले धारणा तय गर्नेछ । आज तय गरिएको धारणा भोलि संसदीय दलको बैठकबाट अनुमोदन गराउने कांग्रेसको तयारी छ । जनताले गाउँ र नगरबाट अहिले पाएका सेवा सुविधा कटौती नहुने गरी गाउँपालिका र नगरपालिकाको संरचना बनाउनुपर्नेमा नेपाली काँग्रेसका नेताहरुले जोड दिएका छन् । संख्या कम्तिमा पनि १ हजार बनाउनुपर्नेमा अधिकांसको धारणा छ भने यसअघिका इलाकालाई नै गाउँपालिका बनाउनुपर्ने धेरैको माग छ । पार्टी केन्द्रीय समितिको आयोजनामा हिजोबाट राजधानीमा सुरु भएको जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको दुई दिने भेलामा नेताहरुले अधिकारभन्दा संख्यामा बढी आपत्ति जनाएका छन् । आजको भेला बिहान ९ बजेबाट सुरु हुनेछ ।