• Home
  • About Us
  • All News
  • Program Schedule
  • Team
    • Program Presenters
    • News Presenters
    • Team Marketing
    • Team Administration
    • Team Technician
  • Photo Gallery
  • Contact

Community Radio Tribeni FM 94.4 MHz

  • Radio Tribeni >
  • Home

सहजपुर दुर्घटनामा मृत्यु हुने दुबै डोटी बासुदेबी गाबिसका


त्रिबेणी समाचार 
हिजो राती कैलालीको सहजपुर गाबिसमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने दुबै जना बासुदेबी गाबिसका रहेका छन । बासुदेबी गाबिस–१का २८ बर्षिय योगेन्द्र बि.क र सोही ठाउँका २८ बर्षिय खगेन्द्र बि.कको सडक दुर्घटनाबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । हिजो साँझ दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९१ नम्बरको बस कैलालीको सहजपुर गाविसमा पर्ने फल्टुँडे भन्ने स्थानमा दुर्घटना भएको हो  ।
दुर्घटनामा परी घाईते हुनेहरुमा अत्तरिया नगरपालिका ४ का २८ बर्षिय बस चालक शेर बहादुर कडायत, आलिताल ५ डडेल्धुराका १७ बर्षिय सहचालक उमेश महरा, डोटी तोलेनीगाबिसका ३४ बर्षिय देव बिष्ट, डोटीको काँडा ३ का २५ बर्षि गणेश नेपाली, सोही ठाउँका १८ बर्षिय भक्त भूल, डोटीकै बासुदेवी गाविस १ का २५ बर्षिय नरेश सिंह बिक, सोही गाविसको वडा नं. ३ का ५३ बर्षिय खडक लुहार र अत्तरिया नगरपालिका ४ का ३५ बर्षिय महाबिर कडायत रहेका छन् । बसमा अन्य सवार गर्ने यात्रुहरुको भने अवस्था सामान्य रहेपनि चालक शेर बहादुर कडायत र यात्रु महाबिर कडायतको टाउको गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई थप उपचारका लागी भारत तर्फ रेफर गरिएको छ । सामान्य घाईते ७ जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।  बस सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
 




Posted on 2016-08-12





Read Your Horoscope !

Radio Tribeni FM 94.4 MHz © 2014

 

Powered By:GITSSNepal