फ्रान्सको एउटा बारमा जन्मदिनको पार्टी चलिरहेका बेला आगलागी हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । फ्रान्सको उत्तरी शहर रुएनमा रहेको क्युबा लिब्रे बारमा आगलागी भएको हो ।
बारको अण्डरग्राउण्ड कोठामा आगलागी भएको हो । मध्येरातमा आगलागी भएकाले धेरैको मृत्यु भएको फ्रान्सेली अधिकारीले जनाएकास छन् । आगो निभाउन ५० जना अग्निनियन्त्रक खटिएका छन् ।
घटनाको विषयमा अनुसन्धान सुरु भएको फ्रान्स सरकारले जनाएको छ । जन्मदिनको केकमा रहेको मइनबत्तीका कारण आगलागी भएको हुनसक्ने प्रारम्भीक अनुमान छ ।
पहिला आक्रमण भएको हुनसक्ने बताइएपनि पछि सरकारी अधिकारीले आगलागी भएको पुष्टी गरेका थिए ।