त्रिबेणि एफएम,भदौ २८- जिल्ला कृषि बिकास कार्यालय डोटीको आयोजनामा भए गरेका कृषि कार्यहरुको आइतबार सिलगढीमा अनुगमन गरीएको छ । टोलीले दिपायल सिलगढी नगरपालिका वर्डा नम्बर १का कृषक धन बहादुर मल्ल र भरत बोहोराको बारीमा लगाएका तरकारी खेतिको अनुगमन गरेको हो । त्यस्तै मल्लले आफ्नो बारीमा लगाउनु भएको किबि खेतिको पनि अनुगमन गरीएको छ । अनुगमनमा क्षेत्रिय प्रशाशक शरद राज बिष्ट,क्षेत्रिय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत टेक बहादुर बिष्ट,जिल्ला कृषि बिकास कार्यलयका प्रमुख यज्ञराज जोशी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
Posted on 2015-09-14