भदौ २५ – वैज्ञानिकले मानव जस्तै देखिने प्रजातीको अवशेष फेला पारेका छन् । दक्षिण अफ्रिाकाको एक चिहानमा वैज्ञानिकले मानव जातिसँग मिल्दोजुल्दो अवशेष भेटाएका हुन् । त्यो अवशेष आदिम मानवको हुनसक्ने वैज्ञानिकले बताएका छन् । यसअघि फेला परेका आदिम मानवका अवशेष भन्दा अहिले फेला परेको अवशेष फरक रहेकाले यसको वास्तविकताका बारेमा थप अनुसन्धान गर्नु पर्ने वैज्ञानिकको भनाई छ । एलिफे जर्नलमा प्रकाशित वैज्ञानिक अनुसन्धानको रिर्पोट अनुसार वैज्ञानिकले फेला परेको अवशेषलाई नालेडी नामाकरण गरेका छन् । प्राप्त गरेको अवशेष ३० लाख वर्ष अघिको हुन सक्ने वैज्ञानिकले अनुमान गरेका छन् ।
– एजेन्सीको सहयोगमा
Posted on 2015-09-11